दफा ६
पद रिक्त हुने अवस्था
६. पद रिक्त हुने अवस्था
देहायको अवस्थामा अध्यक्ष तथा सदस्यको पद रिक्त हुनेछः–
(क) निजको पदावधि पूरा भएमा,
(ख) निजले नेपाल सरकार समक्ष आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ग) निजको मृत्यु भएमा,
(घ) निजको उमेर ६५ वर्ष पूरा भएमा,
(ङ) कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा नेपाल सरकारले निजलाई पदमुक्त गरेमा, वा
(च) निजको कार्यसम्पादन सन्तोषजनक नभएको वा खराव आचरण भएको वा निजले इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेको भनी नेपाल सरकार मन्त्रिपरिषद्बाट गठीत छानविन समितिले गरेको सिफारिसको आधारमा नेपाल सरकारले निजलाई पदमुक्त गरेमा ।